नियम ८
थर सुचीकत गर्ने प्रक्रिया
(१) ऐनको दफा ७ को खण्ड (ढ) को प्रयोजनको लागि आयोगले आदिवासी जनजाति समुदायको थर सूचीकृत गर्न आवश्यक अध्ययन गरी नेपाल सरकार समक्ष सिफारिस गर्नु पर्नेछ। स्पष्टीकरणः यस उपनियमको प्रयोजनको लागि “थर” भन्नाले एउटै जाति भित्रका मूल कुल परम्पराबाट सन्तान-दरसन्तान हुँदै आएको उपनाम वा वंशानुगत उप-पद सम्झनु पर्छ र सो शब्दले कुनै जाति वा समुदायभित्रका स्थान, पेशा, पद, भाषा-भाषी आदिका आधारमा चिनारी प्राप्त गरेका विभिन्न समूहलाई समेत जनाउँछ।
(२) उपनियम (१) बमोजिम अध्ययन अनुसन्धान गर्दा आयोगले देहायको प्रक्रिया अवलम्वन गर्नेछ:-
(क) निश्चित समयावधि तोकी आधार खुलाई थर सूचीकरण गर्न आदिवासी जनजातिसँग सम्बन्धित जातिगत सङ्घ, संस्था र समुदायबाट सिफारिस सहितको निवेदन आव्हान गर्ने,
(ख) खण्ड (क) बमोजिम प्राप्त निवेदन उपर आवश्यक अध्ययन, अनुसन्धान तथा छानबिन गर्ने,
(ग) सम्बन्धित क्षेत्रका विशेषज्ञसँग छलफल गर्न सक्ने,
(घ) आयोगले उपयुक्त ठहस्याएको अन्य प्रक्रिया अवलम्बन गर्न सक्ने ।